Contact Form

Name

Email *

Message *

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Sunday, April 7, 2024

काश

काश म त्यो मदहोस मान्छे हुन्थेँजसले मध्यरातमा पठाएको मुलायम म्यासेज पढेपछितिमी रातभर अनिद्रामा थियौ । काश म त्यो जङ्गली फुल हुन्थेँजसको शरीरको सुगन्धले लठ्ठिएर तिमी मध्यदिनसम्म बिस्तारामा थियौ ।अथवा हुन्थेँ म त्यो पदयात्रीजसको हात समातेर सुर्यास्तको नदीतटमा तिमी बालुवा विचरण गर्ने कामना गछ्यौँ ।भूगोलले छुट्याएको समय र समयले अलग्याएको भूगोलमा बसेर म बेलाबेला कल्पना गरिरहन्छुकाश म त्यो कवि त्यो चित्रकार अथवा त्यो सारङ्गीवाज हुन्थेँजसको...

Monday, December 2, 2019

एउटा अध्ययनशील मजदुरको प्रश्न

Bertolt Brecht को कविता Questions from a Worker Who Reads को सरोनरकृत नेपाली अनुसिर्जना वाचन : कवि सुदर्शन पौडे...

Wednesday, November 27, 2019

पैताला गाथा

Book-Hill Presents Paitala - A Novel By Ganess Paudel Singer / Music : Pushpan Pradhan Lyrics : Ganess Paudel Production : www.Jukson.com Artist : Kapil Sharma Ass. Cinematographer : Nicholas Gurung Cinematographer : Milan Shankar Editor / Colorist : Netra Gurung Director : Arun Giri All Rights @GanessPaudel...

Sunday, August 25, 2019

थाह छैन

झरी पर्छ — झरझर, छमछम र तपतपको तालमा । कुत्कुत्याउँछे मायावी गीत गाउँदै यौवना बर्षाले उसको थोपा थोपा प्रेमको स्पर्श अनुभूत गर्न अनुहारभरि म साइकल लिएर कुद्छु । झरी पर्छ — दरदर, स्वारस्वार, ख्यारख्यारको कर्कश आवाजमा । टिनका पातामाथिको फुस्रो बालुवालाई साबेलले कोतार्दा निस्कन्छ नि जस्तो कान टन्टनाउने किरिङकिरिङ म त्यस्तै झिझ्याटलाग्दो कोलाहलमा फस्छुँ । न सम्झने मन हुन्छ न बिर्सने चासो बन्दी बनाएर बस्छु आफैँलाई एकलै एकलै, उदास उदास । प्रिय तिमी झरी...

Sunday, July 7, 2019

जीगिषा पछ्याऊ

आफ्नो जीगिषा पछ्याऊ सिँच बारीका बिरुवालाई प्रेमले मुस्कुराऊ गुलाफसँग बाँकी त अन्जान रुखहरूका फगत छाया मात्र हुन् । यथार्थ भन्नु जहिल्यै हाम्रो चाहानाभन्दा कि बढी भैदिन्छ कि कम । हामीसँग बराबरी हुने भनेको हामी मात्रै न हौं । एकलै बस्नु बरु जाती सुसभ्य र उन्नत । सिधा, सादा, सम्पुर्ण । दु:खका पथ्थरहरूलाई चढाइदेऊ देउरालीमा र हलुका भएर घर फर्क । जीवनलाई अलिक दूरीबाट हेर । प्रश्न नगर जीवनसँग । जीवनसँग तिमीलाई बताउने कुनै जवाफ हुँदैन ।...

Sunday, May 24, 2015

तनाबोटलमा स्वागत छ

तनाबै तनाबले खोलिएको हाम्रो युगको अन्तिम होटल यो अवसाद गृहको द्वार, ‘तनाबोटल’मा स्वागत छ ! नमस्कार, ए तिमी आयौ ? कति बस्छौं, कुनै छ अनुमान ? यता नाम¬—सही राखेर दर्ता गर त ! थर र कुन ‘थारवान’बाट हो त्यो पनि लेख्नु है पहिचान बिनाको कुनै पाहुना राख्दैनौ हामी । हा हा हा हा ... पुरा जिन्दगी बोकेर आयौ कि क्या हो ? झोला त ठुलै देख्छु ! माफ गर यहाँ भारी बिसाउन मनाही छ । तिमी उठ्दा तिम्रो पिठ्युँमा बस्दा काँधमा सुत्दा छातीमा निहुँरिदा...

Saturday, May 9, 2015

थकित छु म - फर्नाण्डो पिसोआ

फर्नाण्डो पिसोआ (जुन १३, १८८८– नोभेम्बर ३०, १९३५) पोर्तुगाली कवि, समालोचक, अनुवादक, दार्शनिक तथा प्रकाशक हुन् । उनको वास्तविक नाम फर्नाण्डो अन्तानियो नोगुयरा हो । बिसौं शताव्दीमा महत्वपूर्ण कविका रुपमा उनलाई विश्वभर चिनिन्छ । उनले एकै नामबाट विरलै रचनाहरू प्रकाशित गरे । कृतिको समिक्षामा कृतिकारको परिचयले आग्रहपूर्ण प्रभाव पार्ने हुँदा उनी फरक फरक नामबाट रचनाहरू लेख्थे । यसैकारणले पनि उनका रचनाहरूको एकिन हुन अद्यावधि सकिरहेको छैन । के पनि भनिन्छ...

तिम्रो एउटा गीत

सन्नाटा भन्दा शान्त आँखा, आँधिभन्दा अशान्त मौनता वा यस्तै केही अमिल्दा सत्यहरूले घेरिएर जंगलको कुनै मध्यभागतिर मान्छेहरूले कुल्चँदा कुच्चँदा घाँस मरेर बनेको धर्के बाटोमा गीत गाउँदै हिडिरहेको बेला एकलै एकलैअकस्मात रोकिछ कुनै युवतीले आफ्नोे गीत भने बुझ्नू म त्यही गीत हुँ । त्यो गीत उदास उदास भौंतारिएको लास्ज्लो ज्याभोरको ग्लुमी सन्डे हुनसक्थ्यो । वा कुहिरोले धप्प ढाकिएको बार्दलीबाटतप्किएर खसेको अरुणा लामाको ‘पोहोर साल खुसी फाट्दा’ पनि हुन सक्थ्यो । वा हुन सक्थ्यो निक केभको वन्स...

Wednesday, December 4, 2013

म हराएको मान्छे ....।

म भएको छु आफैं हराएको मान्छे आफैंले खनेको बाटो बिराएको मान्छे म हराएको मान्छे ....। नखोज्नू मलाई तिम्रो मनको कुनामा म गुमनाम भइरहन्छु मेरै सपनामा  कुनै फुलको थुँगामा मलाई नखोज्नू नखोज्नू मलाई दिन वा रातको कल्पनामा म भएको छु आफैं हराएको मान्छे आफैंले खनेको बाटो बिराएको मान्छे म हराएको मान्छे ....। नडुल्नू मलाई खोज्दै वन—कन्दरामा म सुकेको समी हुँ जीवनको जरामा नखोज्नू मलाई कुनै शब्दकोष बोकेर मेरो अर्थ दिने शब्द...

पानी

मेरो ईश्वर मलाई थाहा छ तँ पानी नै होस तँलाई थाहा छ मलाई पानी मन पर्छ । पानी थुनिन्छ तर बन्दी हुँदैन पानी हुलिन्छ ढलमा नलमा सेफ्टिट्याङ्कीमा तै पनि फोहोरी हुँदैन । पानी हो ऊ हतास हुँदैन निरास हुँदैन उदास हुँदैन पानी हो ऊ जन्मजात स्वतन्त्र कसैको दास हुँदैन । पानीको एउटै गन्तब्य हुन्छ पानीको एउटै भविष्य हुन्छ । रंग हुँदैन पानीको जात हुँदैन पानीको मदिराझै‌ पागल पागल  मात हुँदैन पानीको पानी उम्लेर पोखिन्न...

सर्प, स्याउ र मुस्ताङ

लमतन्न सुतेका सुवर्ण रातभर म व्यूँझन्थे सपनाका लागि हेर्न उत्मुक्त आकाशगंगाको वादलु डिम्बका घेराबाट उछिट्टिएका एक डोब सल्लाका पातहरू । सल्बलाउने निर्वाण तन्तुको खोलमा अमिला गर्भको पर्प¥याउने स्वाद । उछिट्टिनु रचनाको सर्त नभए के हो ? कुन जोड र कुन घटाउले मिलाएको छ मुस्ताङ्गे स्याउको हिसाब ? एक पुञ्ज प्रकाश चुँडालेर जन्माएको हुँ म आफैंले धर्तिमाथिको नीर । सुर्केना परेका हारदाम्लोमा मैले आफैंले राखेको हुँ सर्पको दाँत । म मैले लेखेकै नियमको पर्खालभित्र छु । म मैले बनाएकै इतिहासको छानोमुन्तिर छु । बरण्डाको रेलिङमा टाँगिएका पाटका चिसा रुमालमा...

सपना

सपना देखिरहन्छु, लेखिरहन्छु पानाहरूमा  ती कोरा नलेखिएका पनि पाना हुन सक्छन्  ती पुरा पोतिएका पनि पाना हुन सक्छन् ।  सपना लेखिनका लागि  पाना भरी भए पनि फरक पर्दैन पाना खाली भए पनि फरक पर्दैन । सपना देखिनका लागि क्यानभास कालै भए पनि फरक पर्दैन क्यानभास सेतै रहे पनि फरक पर्दैन ।  किनकी,  टेक्ने जमिन र समाउने हागाँ बिना पनि सपना कस्तरी झुण्डिरहन्छ स्याउको बोटमा ... ! सायद, सपनाको आयतन हुँदैन  सपनालाई अट्ने ठाउँ चाहिन्न ।  सपना प्राप्तिका लागि हुँदैनन् सपना अप्राप्तिका लागि पनि त हुँदैनन्  सपना...

Thursday, February 7, 2013

मान्छे ! तिमीसँग कुनै गुनासो छैन ।

हरेक दिन दौडेरै पुग्नु पर्छ मलाई दूनियाले लुखुरलुखुर रल्लिँदै पुगेको ठाउँ यसैले त हुन्छु म हरेक यात्रापछि दूनियाभन्दा ज्यादा थकित । सपनाका काँचा बिस्कुन सुकाउँछु मैले पनि दूनियाले झै समाजको पुरानो गुन्द्रीमा । घाम त मेरो गुन्द्रीमा पनि उत्तिकै लाग्छ नि ! जत्तिको रापिन्छ ऊ बरोबरी दूनियाको मान्द्रोमा । तर साँझ नपर्दा नपर्दै उठाइसकेका हुन्छ दूनियाले आफ्नो भागको अन्न मेरा भटमासका दाना आलोको आलै रहन्छन् । हरेका साँझ सदाझैँ चकित चकित थकित...