
त्यो दिन तिमी र म कुुनै अनकन्टार ठाउँमा बनाइएको एउटा प्राचीन कुुटीमा थियौं। यस्तो एकान्त ठाउँ लामो पदयात्रामा हुुँदा कहिलेकाहीँ मात्रै देखिन्छ। त्यस्तो बिरलाकोटी स्थानमा अवस्थित पुुरानो कुुटी नै हाम्रो स्थायी घर थियो। हामीसँग कुुटीमा बस्ने अरू कोही थिएनन्। हाम्रा गाउँले पनि थिएनन्।अहिले झ्वाट्टै सम्झन सकिनँ, त्यो कुुटी कुुन्नि केले बनेको थियो ? मैले त्यस्तो तिक्खर तरिकाले त्यसलाई अवलोकन गरिनँ कि भन्ने लाग्छ। मलाई साँच्चै स्मृति छैन, त्यो कुुटी...