Contact Form

Name

Email *

Message *

Showing posts with label नागरिक. Show all posts
Showing posts with label नागरिक. Show all posts

Friday, June 29, 2018

खप्तड : एक तान्त्रिक रात्रिभोज

भोजको निम्तो :: अच्छा गुरुले यसो गर्नु पर्यो ।  कसो गर्नु पर्यो ?  खप्तड काव्य यात्रा’मा मिसिन पर्यो ।  जिन्दगीमा यी ३ कुराको निम्तो नटार्नू भनी म आफैलाई बेलाकुबेला सम्झाइरहन्छु ः घुमघाम, दारुपानी अनि प्यार । घुमक्कड, पियक्कड र प्रेमक्कड मानिसको मन राखिरहनु पर्छ । त्यसो त आफूले नटेकेको भूगोलमा बहकिनु, पहाडी सालको दारु गिलासमा घरबुना नारेपा घुट्क्याउनु, बिझाउने बिस्तारामा मनमगन फरबिडन एप्पल चबाउनुमा...

Saturday, November 28, 2015

अशरफ फयादको नाममा

ओर्हन पामुक भन्छन्, 'जबसम्म अर्को घरको, कोही अर्को लेखक स्वतन्त्र हुँदैन संसारभरका कोही पनि लेखक स्वतन्त्र हुँदैनन्।' किशोर पहाडी दाइले सञ्चालन गर्ने 'शब्दपथ' नामक साहित्यिक फेसबुक पेजमार्फत गत हप्ता एउटा दुखद सूचना थाहा पाएँ- साउदी अरबले एक ३५ वर्षीय प्यालेस्टाइनी कविलाई यही नोभेम्बर १९ मा कविता लेखेकै आरोपमा मृत्युदण्डको सजाय सुनायो। उनी थिए 'इन्सट्रक्सन्स विदइन' नामक कविता संग्रहका लेखक अशरफ फयाद। सूचनाले सनन्न पार्यो मन। पोहोर सालमात्रै...

Saturday, August 1, 2015

एक सादगीको महाप्रयाण

एपिजे अब्दुल कलामले धरतीवासीका लागि कुनै अनौठो आविष्कार गरेका होइनन्। एक वैज्ञानिक हुन्, तर उल्लेख्य होइनन्। उनका कामले भारत देशमात्रको हितमा योगदान गरेको होला, समग्र विश्वकै लागि उनको योगदान केही होइन। उनका नाममा प्रकाशित भएका दुई दर्जन हाराहारीका प्रेरक पुस्तकका गुदी भनिएका कुरा कुनै नवीन दर्शन होइनन्। शिव खेरा वा रोबर्ट कियोसाकी मार्काका किताबमा पाइने समान्तान्तर कुरा नै हुन्। तर पनि किन यतिबिघ्न पपुलर छन् त अब्दुल कलाम? कलामले आखिर मलाई...

Friday, July 3, 2015

कविता अर्थात् हलो

एक : नेपाली कविताको स्वाद जिब्रो बडो मापाले टाठो छ नेपालीको। ट्वाक्क–टुक्क मन पराउँछ। पिरो, अमिलो, नुनिलो, टर्रो, तितोजस्ता गढालु स्वाद सम्झँदैमा मुख भरिदिन्छ। माटोको कराहीमा मस्त पकाएको मासको दाल होस् या कर्कलाको कलिलो सुइरा, अन्तिममा खाँटी घिउले झानेर खाने बानी छ। हिङ, जिम्मु, मरटी, लसुनको फ्लेवर नेपाली स्वादकलाको निखार बास्ना हो। टिमुर, भोटे खुर्सानी र गोलभेडाको आफ्नै महिमा छ। नेपालमा ‘लोकल' शब्दको शान ‘घरको कुकुर'भन्दा बलियो छ। हालाकि ‘लोकल'...

Monday, May 25, 2015

महाभारतमा यौनिकता

‘पुरुष सुक्त’मा भनिएको छ ‘चन्द्रमा मनसो जात’ अर्थात चन्द्रमाबाटै मानव मस्तिष्क बनेको हुन्छ, मान्छेको मस्तिष्कलाई चन्द्रमाले प्रभाव गरेको हुन्छ । एक असामान्य मानसिक अवस्थालाई अग्रेजीमा ‘ल्युनासी’ भनिन्छ जो चन्द्रमा जनाउने शब्द ‘लुनार’बाट बनेको हो । मानसिक बिरामीलाई चन्द्र–पक्षले तलमाथि गर्ने कुरा त जगजाहेर नै छ । महाभारत चन्द्रबंशीहरूको कथा हो । यसर्थमा महाभारत खासमा लहडीहरुको कथा हो । मानसकथा हो । कल्पनाको एक सिमाहिन कथा जहाँ जे पनि सम्भव...