काश म त्यो मदहोस मान्छे हुन्थेँ
जसले मध्यरातमा पठाएको मुलायम म्यासेज पढेपछि
तिमी रातभर अनिद्रामा थियौ ।
काश म त्यो जङ्गली फुल हुन्थेँ
जसको शरीरको सुगन्धले लठ्ठिएर तिमी मध्यदिनसम्म बिस्तारामा थियौ ।
अथवा हुन्थेँ म त्यो पदयात्री
जसको हात समातेर सुर्यास्तको नदीतटमा तिमी बालुवा विचरण गर्ने कामना गछ्यौँ ।
काश म त्यो जङ्गली फुल हुन्थेँ
जसको शरीरको सुगन्धले लठ्ठिएर तिमी मध्यदिनसम्म बिस्तारामा थियौ ।
अथवा हुन्थेँ म त्यो पदयात्री
जसको हात समातेर सुर्यास्तको नदीतटमा तिमी बालुवा विचरण गर्ने कामना गछ्यौँ ।
भूगोलले छुट्याएको समय र समयले अलग्याएको भूगोलमा बसेर
म बेलाबेला कल्पना गरिरहन्छु
काश म त्यो कवि त्यो चित्रकार अथवा त्यो सारङ्गीवाज हुन्थेँ
जसको कायाको-मायाको मधुर जादूमा तिमी नृत्यमग्न झुलेकी थियौ ।
काश, मध्यबजारको चिया पसलमा तिम्रो एक झल्को कुरिबस्ने म कुनै कलेजी केटो हुन्थेँ ।
काश, तिम्रो जन्मदिनमा आरती बाल्ने म कुनै सन्त, भिक्षु या पुजारी हुन्थेँ ।
काश, बसस्ट्यान्डमा चिम्सा आँखा ओछ्याएर तिमी नआएको बाटो हेरिरहेको म कुनै पर्खालु यात्रु हुन्थेँ ।
काश, म कुनै बुक सपको अदृश्य र्र्याकमा अड्एिको त्यो दूर्लभ पुस्तक हुन्थेँ,
जसलाई तिमी देख्न, सुम्सुम्याउन र आफ्नो बनाउन चाहन्थ्यौ
जसलाई तिमी रात बिरात अनिदो बसेर पढ्न चाहन्थ्यौ ।
काश, म तिमीलाई मनपर्ने कविताको कुनै हरफ हुन्थेँ
जसलाई तिमी कण्ठस्त गुन्गुनाइरहन्छौ ।
काश, म तिम्रो जुनै कथाको कुनै अप्रतिम पात्र हुन्थेँ
जसका खुद्रा खुसीमा तिमी मुस्कुराएकी थियौ,
जसका मसिना दुखमा तिमी सुक्सुकाएकी थियौ ।
काश म त्यो मदहोस मान्छे हुन्थेँ,
जसले मध्यरातमा पठाएको मुलायम म्यासेज पढेपछि
तिमी अझै अनिद्रामा छौ ।