ठेगानाबिहिन हुनु मेरो अस्तित्वको अन्तिम अभिलाषा हो ।
घरको ठेगाना, जागिरको ठेगाना, व्यवसायको ठेगाना, सम्बन्धको ठेगाना, ज्ञानको ठेगाना, भाषा-धर्म-जाती-लिङ्ग-परम्परा-बंशको ठेगाना, राष्ट्रियताको ठेगाना, विचारको ठेगाना, सिद्धान्तको ठेगाना ... प्रेमको ठेगाना, मित्रताको ठेगाना ...
जहाँ जति नै टाढा पुगे पनि फर्किनै पर्ने ठाउँको नाम हो ठेगाना ।
मान्छे ठेगानाको यति दास भएको छ कि सँधै सुतिरहने खाट फेरियो भने मात्रै पनि ऊ राम्ररी निदाउन सक्दैन । सँधै निलिरहने दुई गाँस भात मुखमा परेन भने मात्रै पनि ऊ राम्ररी अघाउन सक्दैन । सधैँ बोलिरहने मान्छे बोलेन भने मात्रै पनि ऊ दिनभरी खुसी रहन सक्दैन ।
स्वतन्त्र हुनु भनेको ठेगानाबिहिन हुनु हो । मुक्तिको अर्को नाम हो ठेगाना रहित हुनु ।
त्यसैले त मन नपरेको मान्छेलाई गाली गर्ने उक्ति नै छ - 'पख्लास् ! म तेरो ठेगाना लगाइदिन्छु !'
ठेगानाबिहिन हुनु मेरो रहरको अन्तिम बिन्दू हो, अस्तित्वको अन्तिम अभिलाषा हो ।
शुभरात्री !
#CycleThoughts #Cyclay #Address #Thegana
0 Comment:
Post a Comment