पोखरा, साउन २४ ।
पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्न भएपछि पोखरा १४ चाउथेका बासिन्दा आन्दोलीत भएका छन् । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले थप जग्गा अधिकरण गर्ने भन्दै सुचना वडामा पठाएपछि स्थानीयहरु आन्दोलीत भएका हुन् ।
पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्न भएपछि पोखरा १४ चाउथेका बासिन्दा आन्दोलीत भएका छन् । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले थप जग्गा अधिकरण गर्ने भन्दै सुचना वडामा पठाएपछि स्थानीयहरु आन्दोलीत भएका हुन् ।
आयोजनाले विमानस्थल निमार्णका लागि थप जग्गा आवश्यक परेको भन्दै अधिकरण गर्न लागेको जनाएको छ । आयोजनाले थप ४ सय रोपनी भन्दा बढि जग्गा अधिग्रहणका लागि वडा कार्यालयलाई पत्र पठाएको छ । अधिकरण गर्ने भनिएको थप जग्गामा करिब १ सय ५० भन्दा बढि घरहरु रहेका छन् ।
स्थानीले पटक पटक जग्गा अधिकरण गर्दा मानिसहरुको उठिबास भएको बताएका छन् । स्थानीय संर्घष समितिका संयोजक गनेश पौडेलले एउटै आयोजनाले एकै व्यक्तिलाई पटक पटक उठाएर उठिबास बताएको बताए । उनले एउटै व्यक्ति आयोजनाले गर्दा चारपटक सम्म सर्नु पर्ने अवस्था आएको बताए ।
आयोजनालाई विमानस्थलको ह्याङ्गर, आयल डिपोट, ग्लाईडपथ निमार्णका लागि जग्गा आवश्यक भएपछि जग्गा अधिकरण गर्न लागेको आयोजनाका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए । उनले सर्वे गरि सकेपछि कति जग्गा विमानस्थललाई आवश्यक हुन्छ त्यती नै जग्गा आयोजनाले अधिकरण गर्ने बताए ।
साविकको छिनेडाँडा वडा नम्बर १, २, ३ मा पर्ने जग्गा कार्यालयबाट पूर्व तर्फको सिमानाबाट ४ सय मिटर पूर्व तर्फ र दक्षिण तर्फ तारबारबाट ४० मिटर दक्षिण पूर्व भागमा करिब १ किलो मिटर क्षेत्रमा थप जग्गा अधिग्रहण गर्ने सभावना अध्ययनका लागि सर्वे गर्न लागेको आयोजाले निकालेको सुचनामा उल्लेख छ । आयोजनाले साउन २२ गते देखी थप जग्गा अधिग्रहणको लागि सर्वे गर्ने भनेपनि स्थानीयको अवरोधका कारण सर्वे हुन सकेको छैन । सरकारले अहिले सम्म करिब ३२ सय जग्गा अधिग्रहण गरिसकेको छ ।
संर्घष समिति गठन
बिहीबार विहान बसेको स्थानीहरुको भेलालो गनेश पौडेलको संयोजकत्वमा २५ सदस्यी सर्घष समिति गठन भएको छ । समितिले सबै सगँ छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने पौडेले बताए । उनले पहिले जग्गा अधिग्रहण गर्दा सरकारले मुअव्जा निकै कम दिने गरेको बताए । एक रोपनीको मुअव्जाको रकमले नजिकै घडेरी समेत किन्न नपुग्ने गरेर मुअव्जा दिने गरेको उनको भनाई छ । उनले जनतालाई मुअव्जा मात्रै दिएर नहुने भन्दै क्षेतिपुर्ति समेत दिनु पर्ने बताए । उनले ठुलो आयोजना बनाउदा पहिले नै योजना अनुसार काम हुनु पर्नेमा पटक पटक जनतालाई दुःख दिने काम भएको बताए ।
Published at:
0 Comment:
Post a Comment