अभिनयको क्षेत्रमा एउटा लोभलाग्दो स्पेस निर्धारण गरेका खगेन्द्र लामिछानेको पहिलो कथासंग्रह 'फूलानी' बजारमा आउनेबित्तिकै किताब बजारमा एउटा गतिलो गफगाफ भएको छ । बजारको गफगाफ जायज छ, जसको कारण छर्लङ्ग छ । लेखेरै सेटिब्रिटी हुने र सेलिब्रिटी भएर लेखनमा आउनेहरूबीचको जुहारीमा खगेन्द्रको नाम पनि दर्ज भएको छ । यो जुहारी अर्थात् आमपाठकको अदालतमा खगेन्द्रको कलम कमजोर साबित हुँदैन भनेर उनका प्रशंसकले ढिपी जित्ने ठाउँहरू 'फूलानी' मा छन् ।
'फूलानी'मा सात थान कथा छन् । थानको
साइज बराबर छैनन् । तर हरेक कथाको वाचन शैलीमा खगेन्द्रले जुन स्वर निर्माण गरेका
छन् त्यसको पिच र फ्रिक्वेन्सी समान छ । स्वर न अल्ली बढी धोक्रे छ, न अल्ली कम तिखो छ । 'सिक्स सिग्मा' पाएको कुनै कम्पनीको
उत्पादनजस्तो एकानासको छ ।
'फूलानी'का कथाहरूले फरक फरक भूगोलमा पात्रहरूलाई खेलाएका भए पनि तिनले बोल्ने भाषा पश्चिम नेपालको लवजमा छ । यसैले उनका सबका सब पात्रहरू गण्डक क्षेत्र अर्थात् पोखरा सेरोफेरोका हुन् । त्रिशूलीदेखि कालीगण्डकीसम्मको क्षेत्रका ग्रामीण पात्रको बोली हुबहु उतारेका छन् खगेन्द्रले । गाउँका नरमनरम हृदयका पात्रलाई कहिले काठमाडौं पुर्याएर सास्ती ख्वाएका छन् त कहिले गाउँमै राखेर रनभुल्ल पारेका छन् । जीवनलाई, समाजलाई, संघर्षलाई र संघर्षबाट फुत्किने उपायलाई सुझ्ने उनका सरल पात्रको तरिकाले कतै मुटु कोट्याउँछ कतै फोक्सो फुलाउँछ, कतै 'छ्या यस्तो त भएन, यस्तो त हुँदैन' भन्न बाध्य पार्छ ।
सरल रेखाको एकात्मक स्वर निर्माणमा उनी सफल छन् । 'छ'मा नभई 'च'मा टुङ्ग्याएर बोलिने क्रियापद, क्रियापदकै स्वरवर्णको अनुच्चारण (जस्तै 'लाएर'को साटो 'लार') लगायतका लेखककै जन्मथलोको स्थानीय बोलीचालीको भाषालाई सकुशल उतारेका छन् । कथा कथ्ने तरिकामा उनकै एक सिनेमाको पात्र 'टुल्के'को इमेज पाइन्छ । मिश्रीकाँढाको पानी निलेपछि ज्यानमा गढेको खरो उत्रिएजस्तै उनका कथाको अन्त्यतिर पाठकको अन्तरमा गढेको केही कुरा बाहिर निस्कन्छ । त्यो निस्कने 'केही कुरो' कथैपिच्छे केही न केही मिल्दोजुल्दो छ । खगेन्द्रकोको खासियत यही हो । खासमा, उसको कमजोरी पनि यही हो ।
जस्तो कि एउटा 'केही न केही'को उदाहरण हेरौं । सात थान कथामध्ये 'बाउसाप्को कथा' बाहेक बाँकी सबैमा प्रेम वा विवाहमा रहेका जोडीलाई छुटाइएको छ । पात्रहरू कि प्रेम सम्बन्धलाई तोडेर गएका छन्, कि प्रेम जीवितै राख्ने तर विवाहलाई चाहिँ भत्काएर गएका छन्, कि प्रेम पातलिँदै जाने तर विवाह बाँकी राखेका छन्, कि प्रेम र विवाह दुवैलाई टुङ्ग्याएका छन् । त्यो सम्बन्धको 'भत्काइ' नै मुख्य विषय भएका कथामै पनि पाठकलाई पात्रहरूको 'वियोग'ले धुरुक्क पार्दैन । हरेक कथामा खगेन्द्रले 'सफ्ट कर्नर' छोडेका छन् जसले गर्दा पाठकले वियोगलाई मनमै गढेर लिँदैन । कथामा 'रोइदिम् त नि !' भनेर अभिनय गरे मात्रै हो । आँसु त परै जाओस् अलि गहिरो प्रकारले 'सिरियस' पनि बनाउँदैन विछोडको प्रसंगले । त्यसैले कथामा सम्बन्ध टुट्ने जुन घटना छ, त्यसलाई 'वियोग' वा 'विछोड' भन्नुभन्दा मात्र 'विन्यास' भन्नु ठीक होला ।
भाषाको 'लवज' र स्थानीयताको अवलोकनमा गहिरो पकड देखिए पनि घटनाको बुनाइमा र कथाको 'स्पिड मेन्टेन' गर्न खगेन्द्रले खास ध्यान दिएको देखिन्न । कतिपय स्थानमा पट्यार लाग्ने किसिमले अति स–स्याना 'डिटेल'मा पात्रलाई भुलाइएको छ । त्यस्तो 'डिटेल' उपन्यासमा मात्रै ठीक हुन सक्ला ।
उनका कथाका पात्रमा अर्को एउटा समानता छ । पात्रहरू स–साना बुद्धजस्ता छन् । एउटा ठिक्कको बुद्धत्व नै हासिल गरेका जस्ता पात्रहरूले भौतिकता, भोगवादिता, वैयक्तिकता, निजात्मकता, स्वतन्त्रताजस्ता कुरामा बडो बडप्पन देखाउँछन् । कथाका पात्रलाई अनेकन दु:ख त पर्छ तर स्वयम् पात्रले नै त्यो दु:खलाई सहज रूपमा लिइदिन्छन् । जसका कारणले आमपाठकले उदास हुने मौकै पाउँदैनन् । बरु पाठक फिस्स हाँस्छन् र 'म भए त त्यस्तो किन गर्दाम् र ?' भन्छन् । पाठकले 'एसिमिलेट' गर्न सक्ने आधार अलिक कम छन् ।
उनका कथालाई एक एक गरी यसरी हेरौं ।
कथाकारले विशेष महत्व दिएको कथा हो 'घनघसे' । महत्त्व के भने यो उनको पहिलो कथा रहेछ । आफ्नै गाउँको यथार्थ कथा । यसमा एउटा मजदुर दलितको अजबको प्रेम छ । लोग्नेलाई छोडेर अन्तै हिँडे पनि न बिर्किम्लीले घनघसेको माया मार्न सकेकी छ न त प्यारालाइलिसले अपाङ्ग भएको घसघसले पोइल गएकी बिर्किम्लीलाई बिर्सन र घृणा गर्न सकेको छ । मान्छेले चाहेर न प्रेम गरिरहन सक्छ, न त घृणा । मान्छेका प्रेम, घृणा र सम्बन्धको लर्कोले छुने अनेक कारण छन् । अर्कैसँग पोइल गएपछि पनि बिर्किम्ली अशक्त पूर्वलोग्नेलाई खर्चपानी पठाउँछे । बदलामा घरखेत बेचेर ऋण तिरिसकेपछि उब्रेको पैसा 'बिर्किम्लीलाई देओ' भनेर खुट्टा खोच्याउँदै घनघसे गाउँ छोडेर अन्जान गन्तव्यतिर हानिन्छ । कथाको अन्त्यले पाठकला-ई एक छिन 'रेस्ट' गर्न बाध्य पार्छ ।
एउटा रमाइलो तर दार्शनिक व्यङ्ग्य कथा हो 'प्राध्यापकको कार वियोग' । 'डिभोर्सी' नेपाली विषयको प्राध्यापक र उसको एउटी कवि कन्यासँग भएको प्रेमकथाको छायामा कथाकारले पाठकलाई भौतिक सुखको मोह र पारिवारिक विखण्डनको किनारै किनार साहित्य जीवनका अध्याँरा गल्छेडामा हिँडाएका छन् । वस्तुको स्वामित्वले दिने अहम् र पस्तुको क्षयीकरणसँगै हुने अहम्–क्षयिकरणको कथ्य सुन्दर छ । कार किनेर गम्केको प्राध्यापक नन्दप्रसाद पहिलो दिनमैं गेटले 'कारको कोखो' कोतरिदिँदा रातभरको चैन गुमाउँछ । त्यसपछि नाटकीय रूपमा हुने पटकपटकको कार दुघर्टनाले आजित हुन्छ । त्यही आजितावस्थाबाट 'ट्रान्सेन्ड' भएर स–स्यानो बुद्धत्व देखाउँछ उसले । कारको स्वामित्वबाट मुक्त हुने र बदलामा अहम्मुक्त हुने उसको कोसिस अपत्यारिलो भए पनि दार्शनिक छ ।
शीर्षकथा 'फूलानी'मा नेपाली चरित्रभन्दा परक पात्रलाई उभ्याएर कथाकारले प्रेम, स्वतन्त्रता र निजत्वको एउटा रूप देखाएका छन् । अन्जलीलाई प्रेम गरिरहेको विभोर अचानक पूर्वप्रेमिका फूलानीको सम्पर्कमा जोडिन्छ । फूलानी निजात्मक अनुभूति र स्वतन्त्र जीवनको पक्षपाती हुन्छे । आम धारभन्दा फरक तरहले ऊ नारीवादी छे । 'मलाई जीवनसाथीको रूपमा केटा मान्छे पटक्कै मन पर्दैन' भनेर विभोरको जीवनबाट दोस्रोपटक पनि सजिलै छुट्टिन्छे । विभोर र फूलानीको रोमान्सका किस्साहरू तन्याइला छन् । तान्छन् । आमाको सम्झनामा दैनिक चुल्ठोमा गुलाब सिउरिएर बाहिर निस्कने फूल–समकक्षी फूलानीको प्रेम पनि फूलजस्तै कमजोर र कोमल छ । प्रेमभन्दा स्वतन्त्रता प्यारो उसलाई । तेस्रो कथा 'बार लभ'ले धेरै पाठकको चरित्रलाई कोतरिदिन्छ । यौन लालसा र हिरोगिरीको दोसाँधबाट पात्रलाई गुजारेर खगेन्द्रले रमाइलो कथा बुनेका छन् ।
मलाई सर्वाधिक मन परेको कथा हो 'बाउसाप्को साइकल' । 'सियो / स्यो' लगाएर कुरा सिउँदै बोल्ने स्याङ्जाली ठकुरी भुवनेश्वर चन्दको गिर्दो आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाको चित्रणले कतै मन हुँडल्छ, कतै हँसाएरै मार्छ, कतै 'अब के होला ?' भन्ने डर र उत्सुकताले घेर्छ । राजनीतिक परिवर्तनले पुरानो सबै हैसियत गुमाएको एक ठकुरी विरासतको अन्तिम पात्र भुवनेश्वर अन्त्यमा आजित भएर राजनीतिकै शरणमा जान्छ । एउटै सानो कथालाई सिएर तमामका मनोदशालाई उप्काउन सफल छ यो कथा । संग्रहको सर्वाधिक चलायमान र छोइने कथा हो यो । सिनेमा हेरेजस्तो वा सिनेमाको लागि कथा लेखेजस्तो छ यो । चरम गरिबीका बाबजुद पनि ह्वास्स हिँगको गन्ध आउने थोत्रो टालोले पारिवारिक र सांस्कृतिक 'इजेइत' धान्दै आएको भुवनेश्वर चन्दको जीवनमा आएको राजनीतिको रङ्गले आम पाठकलाई नराम्ररी पोत्छ । लगत्तैको 'अटलबहादुरको आतङ्क' भने पढिन्जेल धेरथोर मजा आउने तर सर्वाधिक कमजोर कथा हो । दुई वृद्धवृद्धा, पूर्वलाहुरे गुरुङ र बालविधवा बाहुनीको दैनिकी र हुर्कँदो सामिप्यका बिचमा उक्सेको गाउँले 'गोसिप'को यो कथाले प्रेम, विवाह, सेक्स र सम्बन्धको आम मान्यतामाथि प्रश्न गर्ने कोसिस गरेको छ । 'जति गर्दा पनि नहुर्केको चौतारोको बरको बोट त्यसैमा हलक्क भएको एक्लो पीपलको हाँगामा एकलै कराइबस्ने कागको बिम्ब उनेर लामिछानेले वृद्धकालीन एकाकीपन र सेक्सभन्दा माथि उक्लेको प्रेमालु सहाराको आकांक्षालाई खोतलेका छन् । वृद्धवृद्धाको बियाँलोलाई अनैतिक मानेर 'पञ्च भलाद्मी' बोलाउने समाज देखेर टिठ लाग्छ ।
केही कथाबाहेक अधिकाँस कथा 'खुल्खुले' छन् । कथामा अलिक कस्सिलो कुरा खोज्ने पाठकलाई झ्वाट्ट नछुन सक्छ यसले । 'फूलानी'का कथा न उत्पातका राम्रा छन् न नराम्रा छन् । तर केही कथा औसतभन्दा माथि छन्, केही औसत छन् । औसतभन्दा कम छैनन् । जस्ता कथा छन् तिनको आधारमा यति भन्न सकिन्छ कि 'फूलानी'को प्रकाशनबाट खगेन्द्रले आफ्नो कथाकारितालाई सावित गरेका छन् ।
अन्त्य पहिले एउटा कुरा उप्काऊँ । मेरै बगलमा बसेर मेरी छोरी सौरभीले उनका सबै सिनेमा हेरेकी छे । 'टलकजंग भर्सेस टुल्के' उसको 'बेस्टी' हो । 'फूलानी' पढ्दै गर्दा छोरीले अचानक यस्तो भनी, 'यो बाबा कि फिलिम हेर्नुहुन्छ कि फिलिम पढ्नुहुन्छ । खालि यो टुल्केलाई कति पढेको ? मलाई ड्रइङ सिकाइदिनु त !' छोरीले कसरी भनी तर सही भनी । 'फूलानी'का कथा पढिन्नन् । कथा हेराइला छन् । सिनेमा हेरेझैं हेरिन्छन् । त्यसपछि कुनै 'कथार्सिस इफेक्ट' बिनै छोरीलाई 'ड्रइङ' सिकाउन गइन्छ । नाटक र सिनेमा लेखेर आफ्नो शब्दकलाको सम्भाव्य देखाइसकेका लामिछानेले 'फूलानी'मार्फत शुद्ध साहित्यको 'भेन्चर' गरेका छन् । उनको 'भेन्चर'मा पाठकले साहित्यिक 'एडभेन्चर' पाइदिउन् !

प्रकाशित: जेष्ठ २९, २०७३
Published at:
Published at:
0 Comment:
Post a Comment